एकदिवसीय र टि-ट्वेन्टी टिम घोषणा : अनिलको पुनरागमन, ज्ञानेन्द्र परेनन्

काठमाडाैँ । नेपाल क्रिकेट संघ क्यानले एकदिवसीय र टी-ट्वेन्टीका लागि राष्ट्रिय पुरुष टिम घोषणा गरेको हो । दुबै टिममा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल तथा अनुभवी खेलाडी शरद भेषावकर परेका छैनन् ।

यस्तै विनोद भण्डारी पनि टिममा अटाएनन् । टी–ट्वेन्टीको टोलीमा रहेका आशिफ शेख र करण केसी एकदिवसीय टिममा परेका छैनन् । एकदिवसीयमा अनिल साह टिममा फर्किएका छन् भने देव खनाल, सुशन र गुल्सन झाले पनि माैका पाएका छन् ।

टि ट्वेन्टीमा कुशल मल्ल आदिल अन्सारी अविनाश बोहोरा दिलिप नाथले माैका पाएका छन् ।

नेपालले यही मार्च २५ देखि  काठमाडौँमा पपुवा न्युगिनीसँग २ वटा एकदवसीय क्रिकेट खेल्दैछ । त्यस्तै, पपुवा न्यूगिनी र मलेसिया सम्मिलित त्रिकोणात्मक टि ट्वेन्टी श्रृखंलासमेत आयोजना हुँदैछ ।

एकदिवसीय टिम- सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भूर्तेल, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल साह, विक्रम सोम, सुशन भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुल्शन झा र भीम सार्की ।

टी-ट्वेन्टी टिम-  सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भूर्तेल, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आशिफ शेख, करण केसी, अविनाश बोहरा, विवेक यादव, दिलिप नाथ, लोकश बम, कुशल मल्ल र आदिल अन्सारी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *