आरिफको पहिलो अर्धशतक

काठमाडौँ । नेपालका अलराउन्डर आरिफ शेखले एक दिवसीय क्रिकेटमा पहिलो अर्धशतक प्रहार गरेका छन् । यूएईमा चलिरहेको एकदिवसीय विश्वकप लिग टूअन्तर्गत पपुवा न्युगिनीसँगको खेलमा आरिफले अर्धशतक पूरा गरेका हुन् । उनले ७९  बलमा ४ चाैकासहित ५० रन पूरा गरेका हुन् ।

यहि प्रतियोगितामा पीएनजीसँगकै खेलमा आरिफले अर्धशतक प्रहार गरेको भनिएपनि स्कोर गणनाका क्रममा गल्ति भएको भन्दै पछि उनले ४९ रन मात्र बनाएको पुष्टि गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *