कुशलको दोस्रो अर्धशतक

काठमाडौँ । नेपालका ओपनर कुशल भुर्तेलले करिअरको दोस्रो अर्धशतक पूरा गरेका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग टू मा पपुवा न्युगिनीसँग मंगलबार भइरहेको खेलमा कुशलले ५० रन बनाएका हुन। उनले ६४ बलमा ४ चौका र १ छक्कासहित ५० रन पूरा गरेका हुन् ।

कुशलले आरिफ शेखसँग मिलेर दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए ।

१ सय ७४ रनको लक्ष्य पछ्याएको नेपालका आशिफ शेख चौथो ओभरमा मात्र २ रनमा आउट भएपनि नेपालले सम्हालिएको प्रदर्शन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *