पपुवा न्युगिनीद्वारा नेपाललाई १ सय ७४ रनको लक्ष्य

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टू मा पपुवा न्युगिनीले नेपाललाई १ सय ७४ रनको लक्ष्य दिएको छ । यूएईमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनाएपछि नेपालले १७४ रनको लक्ष्य पाएको हो ।

नेपालका कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले दुई–दुई विकेट लिए । यस्तै, करण केसी, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी र पवन सर्राफले एक–एक विकेट लिए ।

पीएनजीका लागि कप्तान असाद भालाले ४५ रन बनाए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *