बुटवल उपमहानगरपालिकाले शुरू गर्‍याे श्रम बैंक पोर्टल

रूपन्देही । रूपन्देहीको बुटवल उपमहानगरपालिकाले श्रम बैंक पोर्टलको शुरूवात गरेको छ । बेरोजगार नागरिक र रोजगारदाताहरू बीचको समन्वयका लागि सहयोग पुग्ने गरी स्थापना गरिएको पोर्टलको सोमबार एक कार्यक्रमका बीच उपमहानगर प्रमुख शिवराज सुवेदीले समुद्घाटन गरेका छन् ।

श्रम बजारमा बेरोजगार रहेका नागरिकहरूको पहिचान गरि यहाँका उद्योग, कलकारखाना तथा व्यापार व्यवसाय लगायत रोजगार दाता संस्थाहरूका लागि आवश्यक जनशक्ति उपलब्ध गराउन श्रम बैंकले सहयोग गर्ने प्रमेख सुवेदीले दावी गरे ।

स्थापना गरिएको श्रम बैंकमा गएर बेरोजगार नागरिकहरूले आफ्नो विवरणसहित आफूले गर्न चाहेको कामको बारेमा खुलाएर आवेदन दर्ता गर्न पाउने छन् । रोजगार दाताहरूले आफ्ना लागि आवश्यक जनशक्ति यही पोर्टल मार्फल माग गर्न सक्ने छन् । यो पोर्टलको शुरूवातसँगै यहाँको बेरोजगारीको समस्या समाधान हुनुका साथै जनशक्तिको अभाव नहुने अपेक्षा व्यक्त गरे ।

यसैगरी उपप्रमुख गुमादेबी आचार्यले शम बैंकको स्थापनासँगै रोजगार र जनशक्तिको व्यवस्थापनमा सहयोग पुग्ने बताइन् । उपमहानगरलाई आर्थसक रूपमा समृद्ध बनाउनका लागि यसले सहयोग पुग्ने उल्लेख गरिन् ।

सहयोगी संस्थाका रूपमा रहेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजुले निजी क्षेत्रसँगको सहकार्यमा उपमहानगरले नयाँ अभ्यासको शुरूवात गरेको भन्दै खुशी व्यक्त गरे ।

सञ्चालनमा आएको रोजगार पोर्टलले यहाँ रोजगारदाताहरूले विदेशी कामदारको भर पर्नु पर्ने तथा जनशक्ति अभावको अन्त्य हुने विश्वास व्यक्त गरे । यसैगरी बेरोजगार जनशक्तिले आफ्नो क्षमता अनुसारको रोजगारीको अवसर प्राप्त गर्ने उल्लेख गरे ।

रोजगार बैंक बारे जानकारी गराउँदै प्राविधिक मनोज पौडेलले हालसम्म पोर्टलमा २ हजार बढी रोजगार चाहनेहरूको डाटा राख्ने काम भइसकेको जानकारी गराए । रोजगार चाहने नागरिकले देश वा देश बाहिर रहेको अवस्थामा पनि बुटवल रोजगार डटकमुमा गई अनलाइन फर्म भर्न सक्ने छन् । उक्त फर्म भर्दा आफ्नो क्षमता, आफूले चाहेको रोजगार तथा अपेक्षा गरेका सेवासुविधा सबै खुलाएर आवेदन दिन सक्ने छन् ।

यसैगरी रोजगार दाता निकायले आफूलाई आवश्यक जनशक्ति लगायत सबै विषय खुलाएर जनशक्ति माग गर्न सक्ने छन् । यसरी रोजगार दाता र रोजगार चाहनेहरूले यो बैंक मार्फत सम्पर्क स्थापना गरी फाइदा लिन सक्ने प्राविधिक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *