घनश्याम भन्छन्- नेताहरूले पसिना बगाएरै पार्टी विभाजन गरे

काठमाडाैँ । एमाले नेता घनश्याम भुसालले ‘वाम एकता’ काे विकल्प नरहेकाे दाेहाेर्‍याएका छन् । साेमबार बसेकाे पाेलिट्ब्यूराे बैठकमा समेत वाम एकतातर्फ जानुकाे विकल्प नरहेकाे उल्लेख गर्दै नेता भुसालले भनेका छन्, ‘वाम एकताबारे साेच्नुपर्छ भन्छु अझै म । हाम्राे ०७४ सालकाे एकता पनि छाेटाे समयमै भएकाे थियाे । त्यसलाई धेरैले छापामार शैलीमा भने । मैले पनि त्यही भन्छु । अहिले पनि हामीले चिताएकाे खण्डमा चुनावअगावै एकता गर्न सक्छाैँ ।’

नेताहरूले धेरै दु:ख गरेर दल विभाजन गरेकाे नेता भुसालकाे आराेप छ । नेकपाबाट एमाले र माओवादी भएकाे उल्लेख गर्दै उनले भने— ‘एमाले नै पनि विभाजन भयाे । यसमा नेताहरूले खासगरी मेन प्लेयरहरूले ठूलाे पसिना बगाएरै दल विभाजन गरे । कमरेड ओली र प्रचण्ड-माधवहरूले दल विभाजनमा ठूलाे याेगदान गरेका छन् । यसका केही दाेष हामीमाथि पनि आउँछ । किनकी हामी पनि सहायक प्लेयर हाैँ । तर मुख्यचाहिँ तीन नेताहरू नै हुनुहुन्छ । यसमा कसैकाे कम हाेला, कसैकाे बढी हाेला । याे कुरालाई मात्रै अहिलेलाई छाड्ने हाे भने सहमति जुटिहाल्छ र त्यसले एउटा ठाउँसम्म पार्टीहरू पुग्छन्; एकता हुनसक्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =