भूपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

धनगढी । टीकापुरमा हत्या गरिएका कैलालीको लम्कीका भूपेन्द्र बडुवालको हत्या आरोपमा फरार रहेका थप तीन जनलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत दिपायलबाट पुर्पक्षका लागि थुनामा राख्न आदेश भएपछि फरार भएका तीन अभियुक्तलाई कैलाली प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले बर्दियाको ठाकुरबाबा नगरपालिका-३ का २६ वर्षीय सन्तोष भनिने सविनजंग शाही, कैलालीको लम्कीचुहा नगरपालिका-३ का २८ वर्षीय विकास खड्का र कैलालीकै बर्दगोरिया गाउँपालिका-२ का २५ वर्षीय लोकेन्द्र कुँवरलाई पक्राउ गरेको हो । त्यसअघि उनीहरू जिल्ला अदालत कैलालीको आदेशले धरौटी तारेखमा रिहा भएका थिए ।

पछि मुद्दाको पुनरावेदन हुँदा गएको फागुन-५ गतेको उच्च अदालतले उनीहरू तीनै जनालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो ।

आदेश कार्यान्वयनका क्रममा इलाका प्रहरी कार्यालय लम्की र बौनियाबाट खटिएको प्रहरी टोलीले उनहरूलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरूलाई मंगलबार कैलाली जिल्ला अदालतमा दाखिल गरिने प्रहरीले जनाएको छ ।

यसअघि गएको मंसिर २३ गते कैलालीको लम्कीचुहा नगरपालिका बस्ने वर्ष २३ का भूपेन्द्र बडुवालको टीकापुर नगरपालिका वडा नं. १ मा हत्या भएको थियो । बडुवालको हत्या आरोपमा केही व्यक्तिहरू यसअघि नै पक्राउ परेर थुनामा छन् भने केही अझै फरार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *