पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर आज एमाले प्रवेश गर्दै

काठमाडौँ । पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्दैछन् । उनीहरु जनालाई आज पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन् ।

एक नेताकाअनुसार समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहेका सिंहको पार्टी नै एमालेमा समाहित हुन लागेको छ भने अभिनेत्री मानन्धर पनि आफ्नो समूहसहित एमालेमा प्रवेश गर्न लागेकी हुन् । उनी पहिले नयाँ शक्ति पार्टीमा थिइन् ।

सिंह तत्कालीन प्रधान मन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषद्मा पनि २०७३ सालमा खानेपानी मन्त्री भएका थिए । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय थापाथलीमा पार्टी प्रवेश गराउने कार्यक्रम छ ।

प्रतिक्रिया

One thought on “पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर आज एमाले प्रवेश गर्दै

  1. हैन इनिहरुचै को नै हुन र यतिधेरै प्रचार गर्नलाइ, इनिहरु जाने बित्तिकै सबै जनतानै तेतै लाग्ने जस्तो।
    नेपाल हो जे पनि हुन्छ यहाँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =