गिरिजा प्रसाद कोइरालाकाे स्मृति दिवसमा दीप प्रज्वलन

काठमाडाैँ । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको १२ औँ स्मृति दिवसका अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएकाे छ ।

जिपि कोइराला अध्ययन केन्द्रको आयोजनामा माइतीघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएकाे हाे ।

दीप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेसका उप-सभापति धनराज  गुरुङ, पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी तथा केन्द्रीय सदस्य प्रतिमा गौतम,अजयबाबु सिवाकोटी,सस्थाको अध्यक्ष रामप्रसाद अधिकारी, बारा नेका सचिव राजेश रौनियार, नेबिसंघ पूर्व उपाध्यक्ष डिल्लीराम सुवेदी लगायत नेता तथा कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे संस्थाका महासचिव निरन्जन थापाले बताए

दीप प्रज्वलन कार्यक्रममा बोल्दै नेपाली कांगेसका उपसभापति धनराज गुरुङले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भिखमा अस्तित्व मागेकाे बताए । उनले भने, ‘ गिरिजाबाबुले जुन जोखिमले माओवादीलाई जंगलबाट शान्तिपूर्ण बाटोमा डोर्याएर ले’राउनु भयो अहिले अध्यक्ष प्रचण्ड कचौरा लिएर कहिले बालकोट त कहिले कहिले बुढानिलकण्ठ पुगेर आफ्नो अस्तित्वको भिख माग्दै छन् ।’ त्यस्तै, उनले प्रचण्डलाई आफ्नो स्पष्ट अडान र राजनितिक मार्गमा हिड्न आग्रह गरेका छन् ।

कार्यक्रममा पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले गिरिजाकाे चट्टानी अडानले मुलुक १२ वर्षे द्वन्द्वबाट निकास पाएको बताउँदै गिरिजाको सहमति सहकार्य र एकताको सुत्र अहिले झन आवश्यकता रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fourteen =