सुर्खेतमा पनि मनाइयो गिरिजाप्रसादको बाह्राैँ स्मृति दिवस

सुर्खेत । नेपाली कांग्रेसका पूर्वप्रधान मन्त्री गिरिजाप्रसाद कोइरालाको बाह्रौँ स्मृति दिवस सोमबार सुर्खेतमा विभिन्न कार्यक्रम गरेर मनाएको छ । दिवसको अवसरमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन सुर्खेतले वीरेन्द्रनगरमा विचार, गोष्टी कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ ।

कार्यक्रमका सहभागीहरूले कोइरालाको योगदानलाई स्मरणगर्दै उनकै कारण नेपालीले शान्ति र संविधान दुवै पाएको बताएका छन । कार्यक्रममा मध्यपश्चिम विश्वविधालयका पूर्व डीन पिताम्बर ढकालले राजनैतिक यात्राको दौरानमा नेपाली जनताले अहिले पाउँदै आएको स्वतन्त्रतामा गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको बताए ।

ढकालले कांग्रेसले राष्ट्रियताला आफ्नो प्रमुख नीतिको रुपमा समावेश गरेको भन्दै अहिले नेपालका सबै राजनीति दलहरु कांग्रेसले लिएको लोकतन्त्रको नीतिभित्र समावेश भइसकेको बताए । पूर्वडीन ढकालले भने, ‘पाटीभित्रका सबै नेताहरू एउटै विचार र भावनाका साथ अघि बढे कोइरालाको सपना पूरा हुन्छ ।’

यस्तै, कार्यक्रममा नेपाली कांग्रेस कर्णाली प्रदेशका सदस्य शम्भु पन्तले गिरिजाप्रसाद कोइरालाको विचारलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

पन्तले भने, ‘प्रजातन्त्र, लोकतन्त्र र समाजवाद देशको मेरुदण्ड भएको भन्दै यसलाई संस्थागत गर्नु अहिलेको आवश्यकता रहेको छ ।’

यस्तै, कांग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीले गिरिजाप्रसाद कोइरालाले स्थापना गरेको सहमति, सहकार्य र एकतालाई अनुसरण गर्दै अगाडि बढ्न सकेमात्र आगामी निर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्ने बताए । ‘गठबन्धनका नाममा सुर्खेत कांग्रेसका मतदाताले अन्य पार्टीमा मत दिनसक्छन् त्यसैले पार्टी भित्र एकतालाई मजबुत बनाउन पार्टी नेतृत्वलाई आग्रह गर्दछु’, उनले भने ।

२०४७ सालको आन्दोलन, २०६२–६३ सालको दोस्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रूपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्त्वपूर्ण कालखण्डमा कोइरालाको भूमिका महत्त्वपूर्ण रहेको पाइन्छ । पाँच पटक प्रधान मन्त्री बनेका कोइरालाको निधन विंस २०६६ साल चैत ७ गते निधन भएको थियो । राणा शासनको विरोध गरेको अभियोगमा बुबाआमा प्रवासमा रहेका बेला कोइरालाको जन्म विंस १९८१ सालमा भारतको टेडीमा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *