तीन ओभरमा तीन विकेट गुमाएसँगै नेपाल दबाबमा

काठमाडौँ । एकदिवसीय विश्वकप लिग टू क्रिकेटमा यूएईले दिएको २०३ रनको लक्ष्य पछ्याइरहेको नेपाल दबाबमा परेको छ । तीन ओभरमा तीन विकेट गुमाएसँगै नेपाल दबाबमा परेको हो ।

दोस्रो ओभरमै ओपनर कुशल भुर्तेल ५ रनमा आउट भए । तेस्रो ओभरमा पवन सर्राफ र दिपेन्द्रसिंह ऐरी लगातार बलमा आउट भएपछि नेपालमाथिको दबाब झन् बढेको हो । नियमित ओपनर आसिफ शेखलाई आज आराम दिइएपछि पवनलाई ओपनिङमा पठाइएको थियो । तर यो रणनीति पनि सफल हुन सकेन ।

यूएईमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिमले ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनायो ।

नेपालका सन्दीप लामिछानेले ३ तथा करण केशी र सोमपाल कामीले दुई दुई विकेट लिए । यस्तै दिपेन्द्रसिंह ऐेरी र आरिफ शेखले एक एक विकेट लिए ।
यूएईका रोहन मुस्तफाले ६०, मोहम्मद वासिमले ३३, चिराग सुरीले २६ र बृत्य अरबिन्दले २४ रन बनाए ।

यहि शृंखलाको यसअघिको खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो । १६९ रनको लक्ष्य पछ्याएको नेपाल १२० रनमै अलआउट भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *