यूएईद्वारा नेपाललाई २०३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय विश्वकप लिग टू क्रिकेटमा संयुक्त अरब इमिरेट्सले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ ।

यूएईमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिमले ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनायो ।

नेपालका सन्दीप लामिछानेले ३ तथा करण केशी र सोमपाल कामीले दुई दुई विकेट लिए । यस्तै दिपेन्द्रसिंह ऐेरी र आरिफ शेखले एक एक विकेट लिए ।

यूएईका रोहन मुस्तफाले ६०, मोहम्मद वासिमले ३३, चिराग सुरीले २६ र बृत्य अरबिन्दले २४ रन बनाए ।

१० ओभर बलिङ गरेका सन्दीपले १ मेडन सहित ३२ रन खर्चिए । यस्तै सोमपालले १० ओभरमा ४४ रन दिए भने आरिफले ९ ओभरमा ३१ रन खर्चिए । ६ ओभर बलिङ गरेका दिपेन्द्रले २८ रन दिए । विक्रम सोब र पवन सर्राफले विकेट लिन सकेनन् । विक्रमले ४ र पवनले २ ओभर बलिङ गरेका थिए ।

यहि शृंखलाको यसअघिको खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो । १६९ रनको लक्ष्य पछ्याएको नेपाल १२० रनमै अलआउट भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *