कमल थापाकाे दाबी- आउँदाे निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्छ (भिडिओसहित)

काठमाडाैँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउँदाे निर्वाचनबाट आफ्नाे दल राष्ट्रिय पार्टी बन्ने दाबी गरेका छन् । सङ्गठन विस्तारका लगि देशदाैडाहा अभियानमा रहेका अध्यक्ष थापाले यस्ताे बताएका हुन् । ‘०७९ साल मंसिरमा हुने संघीय निर्वाचनबाट हाम्राे दल राष्ट्रिय पार्टी बन्छ । यसमा मलाई भरपूर विश्वास छ,’ अध्यक्ष थापाले भनेका छन् ।
उनले आफूलाई गाली गर्नेहरू बढेकाे भन्दै एकथरीले सामाजिक सञ्जालमा अभियान नै चलाएकाे आराेप लगाए । ‘कमल थापालाई गाली गर्नका लागि सामाजिक सञ्जालमा अभियानजस्तै चलाइएकाे छ,’ अध्यक्ष थापाले भनेका छन्, ‘तर मलाई थाहा छ भाेलि उनीहरू हाम्रै माझमा आइपुग्नेछन् । किनकि मलाई ०६३ सालतिरकाे घटना याद छ । त्यत्तिबेला हामीले एउटा एजेन्डा बाेकेर हिँड्दाखेरि हामीलाई प्रतिगामी आयाे, पुनरुत्थानवादी आयाे भनेर भन्थे । तर पछि हाम्रै पछि लागे । यस्तै हुन्छ भाेलि ।’
यस्तै छुट्टै प्रसङ्गमा उनले ७० वर्षकाे इतिहासमा राष्ट्रियताकाे अग्निपरीक्षामा नेपालका सबै दलहरू अणुतीर्ण भएकाे बताए । ‘विगत ७० वर्षकाे इतिहासलाई हेर्ने हाे भने नेपालका सबै दलहरू राष्ट्रियताकाे अग्निपरीक्षामा अणुतीर्ण भएका छन् । यसमा हाम्राे पार्टीलाई अब्बल बनाउनुपर्छ,’ उनले भनेका छन् ।
राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउने भन्दै कमल थापाले भने ‘नाम हो बदनाम हो, गुमनाम ना हो’ @KTnepal pic.twitter.com/vVmF3QP3jN
— Makalu Khabar (@makalukhabar) March 20, 2022








