सरकारबाट बाहिरिए पनि एमाले जनतासँगै छ : पोखरेल

सुर्खेत । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि जनताको मनसँगै रहेको बताएका छन् । एमाले कर्णाली प्रदेश कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले एमाले जनता सँगै रहेको बताएका हुन् ।

पोखरेलले भेलालाई सम्बोधन गर्दै भने, ‘एमाले सरकारबाट मात्रै बाहिरिएको हो । जनताको मनबाट बाहिरिएको छैन् । आम जनाताहरूको मन–मनमा, मस्तिष्काम एमाले छ । अहिले हामी प्रतिपक्ष छौँ । आगामी निर्वाचनमा अझै शक्तिशाली भएर आउने छौँ र सरकारमा हुने छौँ ।’

यस्तै, उपाअध्यक्ष पोखरेलले २०७४ सालको निर्वाचन भन्दा आगामी निर्वाचनमा एमालेले अझै पहिलो स्थानमा पुग्नको लागि सर्घष गरिरहेको र यो पट्कको निर्वाचनमा कर्णाली लगायत अन्य स्थानमा पहिलो हुने दावी गरे ।

‘अहिले हामी नै शक्तिशाली पार्टी भन्ने दलहरूले राष्ट्रिय राजनीतिलाई फोहोरी बनाउँदै गएका छन्, त्यसैले अब एमालेमा आम जनता एकजुट भएरनै सरसफाइ गर्न जरुरी रहेको छ ।’ पोखरेलले भने ।

प्रतिक्रिया

One thought on “सरकारबाट बाहिरिए पनि एमाले जनतासँगै छ : पोखरेल

  1. नापियाे ।
    मेराे मत र उर्जा खेर गयाे ।
    अब त लुट्न सके लुट, भुट्न सके भुट् जति सक्छौ भुक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *