ओलीकाे प्रश्न- गठबन्धनकाे खटपट मिलाउने जिम्मा निर्वाचन आयाेगकाे हाे ?
२०७८ चैत ६ गते

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमाथि प्रश्न उठाएका छन् । मतपत्रमा निर्वाचन चिह्नका लागि प्रयोग गरिने रङलाई लिएर प्रश्न गर्दै आएका ओलीले मनोनयन दर्ताका लागि दुई दिन छुट्याएकोमा समेत विरोध गरेका हुन् । ‘मनेनयन दर्ताका लागि दुई दिन किन चाहियो ? गठबन्धनमा खटपट परेर कुरा नमिल्नसक्छ, भोलिपल्ट मिल्न सक्छ भनेर हो ?,’ आइतबार इलाममा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै ओलीले प्रश्न गरेका छन् ।
ओलीले पाँचदलीय गठबन्धनभित्र परेकाे खटपट मिलाउने जिम्मा निर्वाचन आयाेगले लिएझैँ भइरहेकाे औंल्याए । ‘पाँचदलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?,’ ओलीले प्रश्न उठाएका छन् ।
२०७८ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित








