मूल्यवृद्धिकाे विराेधमा आयल निगम घेराउ (भिडिओसहित)

काठमाडाैँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विद्यार्थीहरूले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा घेराउ गरेका छन् ।

आइतबार विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग राख्दै निगममा घेराउ गरेका हुन् । उनीहरूले मूल्य वृद्धि खारेज गर, बढ्दो महँगी नियन्त्रण गर लगाएका नारा लगाएका छन् ।

त्यस्तै, उनीहरूले पेट्रोलियम पदार्थ घटाएर विद्युतीय सामाग्रीको प्रयोगमा प्रोत्साहन गर्नुपर्ने जनाएका छन् । पछिल्लो पटक वृद्धि भएको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १५५ र डिजेल तथा मट्टिटेल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ । निगमले भने वृद्धि गर्दा पनि घाटा नै रहेको बताउँदै आएको छ ।

भिडिओः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =