तदर्थ समिति गठन गर्न माग गर्दै नेविसंघले गर्याे प्रदर्शन
२०७८ चैत ६ गते

काठमाडाैँ । कांग्रेसको भातृसंगठन नेविसंघले तदर्थ समिति गठन गर्न माग गर्दै कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् ।
सबै उमेर समूहका विद्यार्थीको प्रतिनिधित्व हुनेगरि विधान बमोजिम तदर्थ समिति गठन गर्नुपर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरूले नेविसंघको विधान पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने आशन्न तीनवटै तहको निर्वाचनमा युवा, विद्यार्थी परिचालन गर्ने वातावरण तयार गर्नुपर्ने, अध्यावधिक स्ववियु निर्वाचन र नेविसंघको महाधिवेशनको ग्यारेन्टी गर्नुपर्ने माग पनि राखेका छन् ।
नेविसंघका नेता अनिल खनालले नेविसंघलाई थप अन्यौलमा राख्न नहुने भन्दै पार्टीको ध्यानाकर्षण गराइएको जानकारी दिए ।
प्रदर्शनपछि उनीहरूले आफ्ना मागका बारेमा पार्टी कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन् ।
२०७८ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित








