राजाको डर देखाएर जनतालाई मूर्ख बनाउने दिन गए : लिङ्देन

काठमाडाैँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजाको डर देखाएर जनतालाई मूर्ख नबनाउन कांग्रेस, एमाले र माओवादीलाई चेतावनी दिएका छन् ।

सिन्धुलीमाडीमा शनिबार आयोजित सभामा बोल्दै अध्यक्ष लिङ्देनले गणतन्त्रका नाममा ठूला दलले लुटतन्त्र मच्चाएको आरोप लगाए । ठूला भनिएका दलले प्रजातन्त्र आएको ३० वर्षमा देखाउनलायक कुनै पनि काम नगरेको अध्यक्ष लिङ्देनको भनाइ थियो ।

‘वीरेन्द्र पार्कलाई बीपी पार्क बनाएका छन्,’ उनले भने, ‘राजमार्गलाई लोकमार्ग बनाएका छन् त्यत्ति हो । गणतन्त्र गएमा राजाको शासन आउँछ भनेर जनतालाई मूर्ख बनाइ भोट खाने काम गरेका छन् ।’ साँढे गोरुबाट दूधको आशा गर्नु र कांग्रेस, एमाले, माओवादी केन्द्रबाट परिवर्तनको आशा गर्नु उस्तै रहेको अध्यक्ष लिङ्देनको भनाइ थियो ।

आउँदो स्थानीय तह निर्वाचनमा डर, त्रास र भयमुक्त भइ परिवर्तनको पक्षमा मतदान गर्न अध्यक्ष लिङ्देनको अपील थियो । चुनावमा भोट दिने भनेको छोरी दिनेभन्दा ठूलो भएकाले हजार बार सोच्न जनतालाई अध्यक्ष लिङ्देनले सुझाए ।

कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 13 =