समृद्ध नेपाल, सुखी नेपाली जबजकै रूपान्तरण हाे : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सही विचार लिएर जनतामा जानुपर्ने बताएका छन् ।
शनिबार काठमाडौँमा मदन भण्डारी फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलनको काठमाडौँमा उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकको समृद्धि र समाजवादका लागि सही विचार लिएर जनतामाझ जानुपर्ने बताएका हुन् ।
उनले समृद्ध नेपाल, सुखी नेपाली भन्नु नै जनताको बहुदलीय जनवादको रूपान्तरण भएको तर्क गर्नुभयो । केहीलाई समृद्ध नेपाल, सुखी नेपाली नारा नै मन नपरेको र यसलाई परिवर्तन गर्न खोजेको उनले बताए । अध्यक्ष ओलीले दरबार हत्याकाण्डमा दीपेन्द्रलाई हत्यारा साबित गर्न अनेक नाटक गरिएको र कसैले त्यसबेला प्रश्न समेत उठाउन नसकेको भन्दै दरबार हत्याण्ड र मदन–आश्रित हत्याकाण्ड रहस्यमै सिमित हुन पुगेको धारणा पनि राखे ।
कार्यक्रममा मदन भण्डारी फाउण्डेशनसँग सहकार्य गर्दै आएका त्रिभुवन विश्वविद्यालयका विभिन्न विभागका प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो ।








