रुपन्देहीमा फाइजर खोप लगाउन स्वास्थ्यकर्मीलाई तालिम

रुपन्देही । रुपन्देही ५ चैत्र रुपन्देहीमा कोरोनाविरुद्धको फाइजर खोप लगाउने तयारी गरिएको छ । यही चैत्रदेखि फाइजर खोप लगाउने तयारीका लागि रुपन्देहीमा स्वास्थ्यकर्मीहरूलाई तालिम दिइएको छ ।

फाइजर खोपको प्रयोग विधिबारे स्वास्थ्यकर्मीहरूका लागि जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना र एसएसवीएचको आर्थिक सहयोगमा बुटवल, तिलोत्तमा, सियारी र ओमसोतियाका स्वास्थ्यकर्मीहरूलाई तालिम दिइएको हो ।

रुपन्देहीका सबै स्वास्थ्यकर्मीहरूलाई फाइजर खोपको प्रयोग र उसले पार्ने प्रभाव र फाइजर खोप के हो भन्ने विषयमा तालिम तथा प्रशिक्षण दिईको हो । फाइजर खोप रुपन्देहीमा अझै नआए पनि स्वास्थ्यकर्मीहरूलाई खापेबारे तयारी अवस्थामा राख्नका लागि तालिम दिइएको स्वास्थ्य कार्यालय रुपन्देहीमा खोप अकिृत भेषराज शर्माले जानकारी गराए ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले चरणवद्ध रुपमा जिल्लाका १६ स्थानीय तहका स्वास्थ्य संस्था प्रमुख, खोप लगाउने प्राविधिक र पालिकाका चिकित्सक गरी ३ सय ७५ जनालाई तालिम दिएको छ ।

कोभिड–१९ विरुद्धको दोस्रो खोप लगाई सकेकालाई दिइने वुष्टर डोज फाइजर खोप लगाइने छ । खोप अधिकृत शर्माका अनुसार ९३ लाख डोज फाइजर खोप नेपाल आउँदैछ । त्यसमध्येबाट रुपन्देहीमा आउने खोप यसअघि दोस्रो खोप लगाएको ६ महिना पूरा भएकालाई प्राथमिकताका आधारमा खोप दिइने छ ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले साना साना कुराले पनि ठूलो महत्व राख्ने भएकाले स्वास्थ्यमा साना कुरालाई पनि राम्रोसँग ध्यान दिएर कामगर्न स्वास्थ्यकर्मीहरूलाई आग्रह गरे ।

उनले स्वास्थ्यकर्मीलाई ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाहरूलाई फाइजर खोप दिन मिल्ने बताउँदै अत्यन्तै सम्वेदनशीलता अपनाएर काम गर्न र आफ्नो कामप्रति दक्ष बन्नका लागि स्वास्थ्य कार्यालयका प्रमुख ढकालले आग्रह गरेका छन् । उनले खोप कार्यक्रमको लागि बजेटमा केही कमी भएकाले थप बजेट माग गरिएकाले बजेट थपिएपछि थप व्यवस्थित गरिने बताए ।

उनले पहिले १८ वर्ष माथिकालाई खोप दिने भन्ने थियो, भने वुष्टर डोज खोपको कुरा थिएन, पछि १२ वर्ष माथिका भन्ने आयो, बुष्टर डोज खोप लगाउने कुरा आएकाले समिति बजेटका कारण काम गर्न समस्या भएको बताए ।

रुपन्देहीका स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्मा, डाक्टर विशाल झा, खोप निरीक्षक चिन्तामणी ज्ञवाली,खोप अधिकृत देवेन्द्र गुरुङ, सिनियर अनमी बसुन्धरा भुसाल लगायतले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *