एमाले महासचिवकाे कटाक्ष- अवसरवादबारे जान्न प्रचण्ड र माधवको अनुहार हेरे पुग्छ

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दक्षिणपन्थी अवसरवादीको संज्ञा दिएका छन् । धादिङ एमालेले आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै महासचिव पाेखरेलले यस्ताे बताएका हुन् । ‘नेपालको कम्युनिष्टमा अवसरवाद कस्तो छ भन्ने थाहा पाउन प्रचण्ड र माधव नेपालको अनुहार देखाइदिए हुन्छ,’ उनले भनेका छन्, ‘उनीहरू  दक्षिणपन्थी अवसरवादका नमूना हुन् ।’

प्रचण्ड-माधवहरूले कम्युनिष्टको दुईतिहाइलाई शेरबहादुर देउवाको पाउमा चढाइदिएकाे समेत बताए । प्रचण्डले देउवालाई २०५२ साल फागुन १ गते ४० बुँदे माग राखेर जनयुद्धमा होमिए उल्लेख गर्दै महासचिव पाेखरेलले थपे— ‘शेरबहादुर देउवालाई ४० बुँदे माग राखेर प्रचण्डले जनयुद्ध शुरू गरेका थिए । तिनै प्रचण्ड आजभोलि शेरबहादुर देउवा नहुने हो भने लोकतन्त्रको रक्षा हुन सक्दैन भन्दैछन् । शेरबहादुर देउवा नहुने हो भने माओवादी पार्टीको कल्याण हुन सक्दैन भन्दैछन् । योभन्दा अवसरवाद अर्को के हुन्छ ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − ten =