माधव नेपाल भन्छन्:

‘वृद्धभत्ताकाे सुरुवात गर्ने मै हुँ, तर स्याबास भन्दैनन् त’ (भिडिओसहित)

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी [एकीकृत समाजवादी] का अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री माधवकुमार नेपालले वृद्धभत्ताकाे सुरुवात आफूले गरेकाे बताएका छन् । यसकाे जस एमालेलाई मात्रै दिने गरिएकाेतर्फ स्मरण गराउँदै गाेरखा पुगेका नेपालले भनेका छन्— ‘यहाँ त जुन जाेगी आएपनि कानै चिरेका भन्ने आशयबाट कुराकानीहरू हुन्छन्, काेही त काम गर्नेहरू पनि रहेछन् भनेर भन्नुपर्ने हाे । वृद्धभत्ताकाे सुरुवात गर्ने नेता मै हुँ । त्यतिबेला मनमाेहनजी प्रधान मन्त्री हुनुहुन्थ्याे, म उपप्रधान मन्त्री; पार्टीकाे तर्फबाट नेता म थिए । त्यसबेला मैले सुरुवात गरेकाे हुँ । स्याबास भन्नुपर्ने हाेइन त ? खै यता त बिर्सिएछन् त ।’

‘आफ्नाे गाउँ आफैँ बनाउँ’ भन्ने याेजना पनि आफैँले अगाडि सारेकाे स्मरण नेपालले गराएका छन् । ‘त्यत्तिमात्रै हाेइन, विदुवभत्ता, सुत्केरीभत्ता पनि मैले नै सुरुवात गरेकाे हुँ । अनि कसैले केही गर्दैनन् भन्ने ? काेही त गर्ने पनि रहेछन् भनेर भन्नुपर्‍याे,’ नेपालले भनेका छन् ।

आफूले स्मरण मात्रै गराएकाे नेपालकाे स्पष्टीकरण छ, भनेका छन्— ‘मैले खालि स्मरण मात्रै गराएकाे हुँ । यत्राे काम गर्ने म आफैँ यहाँ आएकाे छु, वास्तै छैन त ।’ यस्तै छुट्टै प्रसङ्गमा नेपालले अब राजनीतिक सुदृढिकरणका लागि आफ्नाे दलकाे विकल्प नरहेकाे बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =