ईमेलबाट राजीनामा दिएका विष्टले गरे सनाखत

सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य माओवादी कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्मर विष्टले सांसद छोडेको सनाखत गरेका छन् ।

शुक्रबार साँझ ५ बजे कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही समक्ष प्रदेश सभा सदस्य पद छोडेको प्रदेश भनि सभामा सनाखत गरेका छन् ।

विष्टले केही दिनअघि आफ्नो राजीनामा–पत्र कर्णाली प्रदेश सभामा ईमेल मार्फत् दर्ता गरेका थिए ।

उनले काठमाडौँमा भएको बेला नेकपा (माओवादी केन्द्र) र प्रदेश सभामा बाट राजीनामा दिएका थिए । उनी बुधबार सुर्खेत आइपुगेका हुन् । नेपालको संविधानको धारा १८० को (क) मा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने उल्लेख छ ।

उक्त उपधारामा निजले प्रदेश सभाको सभामुख समक्ष लिखित राजीनामा दिएमा राजीनामा स्वीकृत भएको मानिने व्यवस्था छ ।

यस्तै, बिहीबार मात्रै नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको बैठकले निर्णय गर्दै विष्टलाई राजीनामा फिर्ता लिन र पार्टी काममा फर्कन निर्देशन दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *