स्थानीय निर्वाचन : वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता
२०७८ चैत ४ गते

काठमाडाैँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
आयोगले शुक्रबार सार्वजनिक गरेकाे कार्यक्रमअनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । आयोगका अनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर वैशाख १५ गने उम्मेदवारको नामामावली सार्वजनिक हुने कार्यक्रम रहेकाे छ ।
यस्तै, उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते फिर्ता लिन सकिनेछ भने त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ । १७ गते चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै वैशाख ३० गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान कार्यक्रम रहने छ ।
२०७८ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित








