फर्कियो सामान लिएर आएको अमेरिकी वायुसेनाको जहाज
२०७८ चैत ४ गते

काठमाडौँँ । अमेरिकी वायुसेनाको कार्गो (सामान बोक्ने) जहाज शुक्रबार काठमाडौँ आएको छ ।
शुक्रबार विहान ९ः१५मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजको फोटो र र भिडियो सामाजिक सञ्जालमा राखेर चर्चा गर्ने क्रम बढेको छ ।
त्रिभुवन विमानस्थल श्रोतका अनुसार यो अमेरिकी एयर फोर्सको कार्गो जहाज हो र शुक्रबार आएको जहाजले अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री ल्याएको थियो।
यसअघि पनि दुतावास र कूटनीतिक नियोगका सामग्री लिएर अमेरिकी वायु सेनाको कार्गो जहाज आउने गरेको विमानस्थलका एक अधिकारीले मकालुखबरलाई जानकारी दिए ।
जहाज शुक्रबार मध्यान्ह फर्किसकेको पनि विमानस्थलका ती अधिकारीले जानकारी दिए ।
२०७८ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित








