माओवादी केन्द्र चितवन इन्चार्जमा रेनु दाहाल
२०७८ चैत ३ गते

काठमाडाैँ । माओवादी केन्द्रले चितवन जिल्ला इन्चार्ज र संयोजको जिम्मेवारी टुङ्ग्याएकाे छ । बिहीबार माओवादी केन्द्रको बागमती प्रदेश समितिको बैठकले रेनु दाहाललाई इन्चार्ज र रामचन्द्र अधिकारीलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो।
दाहाल माओवादीको केन्द्रीय सदस्य एवम् भरतपुर महानगरपालिकाकी मेयर हुन् । संयोजकको जिम्मेवारी पाएका अधिकारी यसअघि चितवन जिल्ला पार्टीको कार्यालय सदस्य थिए । उनी माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका पूर्वकेन्द्रीय उपाध्यक्षसमेत हुन् ।
अन्य पदाधिकारी भने टुङ्गिन बाँकी छ ।
२०७८ चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित








