सुर्खेतमा पनि मनाइयो होली (तस्वीर)

सुर्खेत । रङहरूको पर्व अर्थात होली सुर्खेतमा हर्षोलाल्सका साथ मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन पहाडी क्षेत्रमा होली पर्व मनाउने गरिन्छ ।

होलीकै दिनदेखि वसन्त ऋतुको आगमन हुने भएकै कारण पनि यो दिन विशेष मानिन्छ । आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने दिनको प्रतिकको रुपमा हेरिने होली पर्वमा परम्परागत रूपमा विभिन्न रङ र लोलाको प्रयोग गरेर मनाउने परम्परा रहेको छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । सुर्खेतमा होलीको विषयमा कुनै अप्रिय घटनासमेत नघटेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *