‘कलमकाे कमाल आउँदाे चुनावमा देखिन्छ’ (भिडिओसहित)

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी [एकीकृत समाजवादी] का अध्यक्ष माधवकुमार नेपालले आउँदाे चुनावमा आफ्नाे दल एकीकृत समाजवादीले ठूलाे जनमत बटुल्ने दाबी गरेका छन् । बिहीबार पार्टी कार्यालय, तीनकुनेमा आयाेजित हाेलीकाे शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष नेपालले यस्ताे बताएका हुन् । नेताहरूलाई पार्टीकाे प्रचारप्रसारमा कमी हुन नदिन निर्देशन दिँदै उनले भनेका छन्— ‘हाम्राे पार्टीकाे उज्जवल भविष्य छ । हामीले राष्ट्रिय सभाकाे दाेस्राे चुनावमा पनि देखाएका छाैँ । अब स्थानीय निर्वाचनकाे बेला हाम्राे सामर्थ्य देखिनेछ । र हामीलाई खिसिट्युरी गर्नेहरूकाे हरिबिजाेग देखिने छ ।’
उनले आसन्न स्थानीय निर्वाचनमा आफ्नाे दलकाे चुनावचिह्न कलमले कमाल देखाउने बताए । ‘सत्य र न्यायकाे पक्षमा रहेकाे त्याे कलमले आउँदाे चुनावमा कमाल देखाउँछ ।’
अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै आउँदाे चुनावमा उनीहरूकाे नाश हुने बताए । ‘घमण्डकाे पाेकाे भएकाे रावणकाे नाश भएझैँ हामीलाई खिसिट्युरी गर्नेहरूकाे नाश हुन्छन् । उनीहरू काेलिकाजस्तै नाश हुन्छन् ।’
आउने निर्वाचनमा कलमले कमाल गर्छ :माधव नेपाल @ncp_madhavnepal pic.twitter.com/SB791XCyfy
— Makalu Khabar (@makalukhabar) March 17, 2022








