निर्वाचन आचारसंहिता : उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने (पूर्णपाठ)

काठमाडाैँ । स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिहरूले राजीनामा दिनुपर्ने भएकाे छ । निर्वाचन आयाेगकाअनुसार पुन: उम्मेदवार बन्ने जनप्रतिनिधिहरूले राजीनामा दिनुपर्ने भएकाे हाे । स्थानीय निर्वाचन वैशाख ३० गते हुँदैछ । उक्त चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरू पनि उम्मेदवारका दाबेदार छन् । आयाेगका प्रवक्ता शालिग्राम पाैडेलले भनेका छन्— ‘पुन: उम्मेदवार बन्ने जनप्रतिनिधिहरूले मनाेनयपूर्व नै राजीनामा दिनुपर्ने गरी व्यवस्था गरिएकाे छ ।’

उक्त संहिता राजपत्रमा समेत प्रकाशन भइसकेकाे छ । प्रकाशित निर्वाचन आचार संहितको दफा ३६ मा भनिएको छ— ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेका निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नुअघि नै वहाल रहेको पदबाट राजीनामा दिनुपर्नेछ ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *