सत्ता गठबन्धन कायम राख्न कांग्रेस प्रतिबद्ध छ : गृहमन्त्री खाँण

रुपन्देही । गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ ‘ख’ रुपन्देहीमा आयाजित कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाँणले कांग्रेसले अफ्ठ्यारो परिस्थितिमा बनेको गठबन्धनलाई कायमै राखेर अगाडि बढ्न चाहेको बताए ।

गाँउ र नगरमा शान्ति स्थायित्व र विकासका लागिस्थानीय तहको निर्वाचनमा कांग्रेसले जित्नुपर्ने उनको भनाइ छ ।

अमेरिकाले एमसीसीमार्फत दिने अनुदान सम्झौता नेपालको हितमा रहेको र त्यो रकमबाट बन्ने प्रसारण लाइनले विद्युत उपभोग र विक्रिका लागि ठूलो सहयोग पुग्ने गृहमन्त्री खाँणको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *