आगामी निर्वाचनमा कलमले कमाल गर्छ : अध्यक्ष नेपाल

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा पार्टीको कलम चुनाव चिह्नले कमाल गर्ने दावी गरेका छन् ।

होलीको अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आगामी निर्वाचनमा कलम चुनाव चिह्नले कमाल गर्ने र पार्टीको सामर्थ्य शक्ति चुनावको मैदानमा देखिने बताएका हुन् ।

उनले आफूहरूको खिसिट्युरी गर्नेको हबिगत आगामी चुनावमा देखिने समेत स्पष्ट पारे । आगामी निर्वाचनमा फैसाला गर्ने अधिकार जनतालाई दिएको भन्दै प्रतिगामी भूमिका खेल्नेहरू पराजित हुने उनले बताए । अध्यक्ष नेपालले समाजवादको बाटोमा अघि बढ्न चाहेको भन्दै यसलाई अवरोध गर्न दक्षिणपन्थी बिचलन देखा परेको बताए  ।

उनले जिम्मेवार भएर समाज रूपान्तरणको भूमिका खेल्न सञ्चारमाध्यमलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twenty =