कालिका मानवज्ञानमा विद्यालय नमुना संसद अभ्यास

रुपन्देही । देशकै उत्कृष्ठ विद्यालयको रूपमा पहिचान बनाएको कालिकाम मानवज्ञान मावि बुटवलमा ‘नमुना संसद प्रस्तुत गरिएको छ ।

कानुन विद्यार्थी समाज कालिकाको आयोजनामा दुई दिनसम्म चलेको नमुना संसदमा विद्यार्थीहरूले राष्ट्रपति देखि लिएर प्रधानमन्त्री, मन्त्री, सभामुख, सांसद लगायतका भूमिकामा प्रस्तुत भएर विधेयक दर्ता, दफाबार छलफल , पास लगायतका क्रियाकलापमा सहभागी भएको हुन ।

दुई दिनसम्म चलेको नमुना सांसदको बुधवार एक कार्यक्रमका बिच समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य(सांसद) भोजप्रसाद श्रेष्ठले नमुना संसाद मात्रै नभएर विद्यार्थीहरू देशकै सांसद, मन्त्री तथा प्रधानमन्त्री बनेको हेर्ने इच्छा भएको बताए ।

विद्यार्थीहरूले सिक्ने थलोको रूपमा रहेको विद्यालयलाई थप अतिरिक्त क्रियाकलापसहित अगाडि बढाउँदा थप रचनात्मक क्रियाकलापमा विद्यार्थीको रुचि विस्तार हुने बताए ।

कार्यक्रममा बोल्दै उनले लोकतन्त्रमा जनताको निर्णय शक्ति रहेको भन्दै उनले जनतास्तरबाट नै सचेतना आवश्यक रहेको बताए । उनले जनता सचेत भएमा मात्रै जन प्रतिनिधि पनि सचेत हुने भन्दै उनले यसको लागि जनताले विशेष सचेत हुनुपर्ने बेला आएको बताए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरापलिका नगर कार्यापालिका सदस्य माया बरालले कालिका मानवज्ञान माविले नेपालमा नै नमुना काम गरेको भन्दै उनले यसको लागि नगरपालिका जहिले पनि सकारात्मक रहेको बताइन् ।

नगरपालिकाबाट हुने सहयोग तथा अन्य सहयोगको लागि जहिले पनि सकारात्मक रहेको भन्दै उनले कानुनका विद्यार्थीहरूमा हुने सचेतनाले सभ्य समाज निर्माणमा योगदान दिने बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीले अतिरिक्त क्रियाकलापले विद्यार्थीको सृजनशीलतामा विकास हुने भन्दै यसमा सबैको सहकार्य आवश्यक रहेको बताए ।

प्रधानाध्यापक दिनेश थापाले विद्यार्थीहरूको हितका लागि कालिका मानवज्ञान मावि जहिले पनि सकारात्मक रहेको भन्दै कानुनका विद्यार्थीहरूको लागि सरकारी निकायबाट हुनुपर्ने सहयोग यथार्थ नभएको बताए । उनले यसको लागि सबैको साझा सहयोग र सहकार्य आवश्यक भएको बताए ।

कार्यक्रममा विद्यालयका सल्लाहकार महेन्द्र थापा, विद्यार्थी सिता भुषाल, कानुन संकाय संयोजक युवराज कँडेल, नेपाल कानुन विद्यार्थी समाज कालिका अध्यक्ष सन्दीप पौडेल क्षेत्री लगायतले बोलेका थिए ।

कानुन संकाय संयोजक युवराज कण्डेलका अनुसार दुई दिन सम्म चलेको नमुना संसदमा उत्कृष्ठ स्थान प्राप्त गर्ने ३ जना विद्यार्थीहरू प्रशांसा पाण्डे, आशिष पाण्डे र शुशिला भण्डारीलाई पुरस्कृत समेत गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *