एमाले अधिवेशन : दैलेखमा नयाँ नेतृत्वको लागि पुनः मतदान

सुर्खेत । नेकपा (एमाले) दैलेखको जिल्ला अधिवेशन बुधबार बिहान ८ बजेदेखि पुनः शुरू भएको छ । गत पुसमा भएको अधिवेशनमा मतगणना गर्दा विवाद भएपछि अधिवेशन स्थगित भएको थियो ।

एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले गत पुसमा सहमति जुट्न नसक्दा अधिवेशन निर्वाचन प्रणलीमा गएको र मतगणना खसेको भन्दा धेरै ाभेटिए पछि अधिवेशन स्थगित गरिएको थियो उक्त अधिवेशनबाट नयाँ नेतृत्वका लागि आज (बुधबार) भइरहेको जानकारी दिए ।

गत पुसमा भएको अधिवेशन अन्तर्गत निर्वाचनमा प्रतिनिधिको संख्या भन्दा ३१ मत बढी भेटिएका थिए ।

एमाले दैलेखको अध्यक्षका लागि एमाले दैलेखको अध्यक्षका लागि क्षेत्र नं.–२ बाट सूर्यबहादुर शाही छन् भने क्षेत्र नं.–१ बाट निवर्तमान अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा रहेका छन् । नयाँ नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली मंगलबार नै सार्वजनिक भइसकेको छ ।

अधिकांश स्थानीय तहबाट समावेशीबाट दलित आरक्षण तथा भूगोलतर्फका जिल्ला कमिटी सदस्यहरू सर्वसम्मत भइसकेका छन् । दैलेखमा जिल्लाभरबाट प्रतिनिधि (मतदाता) संख्या ७२१ रहेको छ ।

अघिल्लो पटक मतदान गर्दा भने ७ सय १७ मत खसेको थियो । तर मतपेटिका खोलेर गन्दा ७४८ मत भेटिएपछि निर्वाचन प्रक्रिया रद्द गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *