एमसीसीबारे कांग्रेसले चिर्न चाहेका ३० भ्रम र यथार्थ (पूर्ण पाठसहित)

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसीबारेका भ्रम चिर्न ‘एमसीसी अनुदान सहायता सम्झौता : भ्रम र यथार्थ’ दस्ताबेज प्रकाशन गरेको छ । आसन्न स्थानीय चुनावलाई लक्षित गरेर एक महिने चुनावी अभियान थालेको कांग्रेसले एमसीसीबारेका भ्रम चिर्न यस्तो दस्ताबेज ल्याएको हो ।

कांग्रेसले आफ्नो दस्ताबेजमा ३० वटा भ्रम र त्यसबारेको यथार्थ समेटेको छ । ‘एमसीसी अनुदान सहायता सम्झौता प्रक्रिया यो विन्दुसम्म आइपुग्दाको यात्रा त्यत्ति सहज हुन सकेन । एक दशकभन्दा लामो सम्झौता प्रक्रियामा संलग्न केही पार्टीहरू र पात्रहरूको दोहोरो प्रवृत्तिका कारण यो विषय गिजोलिन पुग्यो, जसले गर्दा वास्तविकता र आवश्यकताभन्दा धेरै जटिल बन्न गयो,’ कांग्रेसले भनेको छ, ‘ज-जसले यसलाई गिजोले, जनतामा भ्रम सिर्जना गरे, उत्तेजनाको राजनीति गरे र दोहोरो चरित्र देखाए, यसको मूल्याङ्कन आम जनताले गर्नुपर्नेछ ।’

साथै कांग्रेसले अनुदान प्रक्रियामा नेकपा एमालेको खासै संलग्नता नभएको र एमालेले विगतका सरकारले गरेको सम्झौतालाई निरन्तरता मात्र दिएको हो भन्ने भ्रमको यथार्थ उल्लेख गरेको छ । कांग्रेसले एमाले एमसीसीबारेको २०६६ सालदेखि २०७७ सम्मको धेरै प्रक्रियामा संलग्न भएको, तर बाहिर जनतालाई जनतालाई यो राष्ट्रघाती सम्झौता भनेर भ्रम छरेको आरोप लगाएको छ ।

यस्तो छ एमसीसीबारे भ्रम र यथार्थ समेटिएको दस्तावेज :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *