कर्णालीका कानुन मन्त्री हिमबहादुरको सम्पत्ति : तीन ताेला सुन, १२ बाख्रा

सुर्खेत । कर्णाली आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
मन्त्री शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उपल्बध गराएको विवरण अनुसार मन्त्रीको सम्पत्तिमा २ वटा गोरू र १२ वटा बाख्रा रहेका छन् ।

यस्तै, दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–४ मा ३५ वर्ग मिटर क्षेत्रफलमा एउटा घर रहेको र उक्त घर पुख्र्यौली सम्पत्ति रहेको विवरणमा देखाएका छन् ।

मन्त्री शाहीले आफूसँग तीन तोला सुन र दैनिक प्रयोग हुने कपडाको निजी व्यावसाय रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *