परिवार दलले सबै स्थानीय तहमा उम्मेदवारी दिने

काठमाडौँ । नेपाल परिवार दलले अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबै स्थानीय तहमा उम्मेदवारी दिने भएको छ ।

दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा मङलबार बसेको केन्द्रीय समितिको बैठकले आगामी वैशाख ३० गते हुन गइरहेको आसन्न स्थानीय निर्वाचनमा दलको आफ्नै चुनाव चिह्न सहित निर्वाचनमा जाने निर्णय गदै निर्वाचन आयोगमा दर्ता भएका तर राष्ट्रिय मान्यता प्राप्त गरिनसकेका सबै दललाई आफ्नै निर्वाचन चिह्नमा चुनाव लडन पाउने व्यवस्था गर्न सरकार तथा निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले निश्पक्ष, धाधली रहित र शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्ने बाताबरण तयार गर्न सरकार र निर्वाचन आयोगलाई आग्रह गरेको छ । बैठकले मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता छ र त्यो शक्तिको नेतृत्व नेपाल परिवार दल बन्ने वातावरण तयार गर्न समान विचार राख्न दलहरूसँग छलफल गरेर गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरकोछ ।

बैठकले दलको प्रबतामा दैलेखका रुपसिह भण्डारीलाई मनोनित गरेको छ भने बरिष्ठ उपाध्यक्षको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति र सातै प्रदेशका प्रदेश संयोजकको नेतृत्वमा प्रदेश स्तरिय स्थानीय निर्वाचन परिचालन समिति गठन गरी दलको उपस्थीत रहको हेरेक स्थानीय तहमा उम्मेदवारी दिने निर्णय समेत गरेको छ । बैठकले डा. साबीत्री न्यौपानेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

बैठक पछि बोल्दै अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले पुराना राजनैतिक दलहरूको द्वैत चरित्रका कारण मुलुकमा अन्योलता छाएको बताउँदै अब जनताहरूले विकल्पको खोजेकाे बताए । सरकार परिवर्तन भएपनि आजसम्म राजनीतिक संस्कार परिवर्तन हुन नसकेकोमा बताए ।

अध्यक्ष ढकालले नेपालको राजनैतिक दलले अब भने नैतिकताको आधारमा पनि नेपाली जनताको अगाडि भोट माग्न नमिल्ने बताउँ नेपाली जनताले अगामि निर्वाचनमा वैकल्पिक शक्तिलाई मत दिनु पर्नेमा जोड दिए । सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नारा साथ भव्यताका साथ तेस्रो राष्ट्रिय महाधिवेसन सम्पन्न भएपश्चात बसेको पहिलो केन्द्रीय समितिको बैठकमा दलका केन्द्रीय सदस्यहरूले पार्टीको स्थानीय स्तरको गतिविधिहरूको बारेमा रिपोर्ट प्रस्तुत गरेका थिए । बैठक दलका बरिष्ठ उपाध्यक्ष बिनोद डाँगी सहमहामन्त्री एवम् संविधानसभा सदस्य मिलन कुमारी राजबंशी लगायत दुई दर्जन नेताहरूले आ-आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 15 =