मधेश प्रदेशमाथि ओलीकाे टिप्पणी- ‘बेटी पढाउ भनेर साइकल पचाउ गर्ने काम भाे’

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशमा नेतृत्वले राम्राे काम नगरेकाे बताएका छन् । मंगलबार भक्तपुरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै ओलीले यस्ताे बताएका हुन् । आज एमाले प्रवेश गर्नेहरूमा बढी मधेश प्रदेशका नेता/कार्यकर्ताहरू थिए । यसपछि सम्बाेधनका क्रममा ओलीले यस्ताे बताएका हुन् । ‘मधेश प्रदेश नाम दिइएकाे छ । याे राम्राे छ, तर कामचाहिँ के भन्ने अब । बेटी पढाउ भनेकाे साथीहरूले साइकल पचाउ गरिदिए ।’

सत्ता साझेदार दल जनता समाजवादी पार्टीले नेतृत्व गरिरहेकाे मधेश प्रदेशमा साइकल वितरण नभइ हिसाब मिलाप भएकाे ओलीकाे टिप्पणी थियाे । ‘त्यहाँ साइकल वितरण भएन, हिसाब मिलाप मात्रै भयाे ।’

यसअघि मधेश प्रदेशले चलाएकाे ‘बेटी बचाउ, बेटी पढाउ’अभियानअन्तर्गत छात्राहरूलाई साइकल बाँडिएकाे थियाे । त्यसमा आर्थिक अनियमितता भएकाे समाचारहरू बाहिरिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *