भौगोलिक विविधताअनुसार शहरी नीति परिमार्जन हुनुपर्छ : मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेशका प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालको भौगोलिक विविधता अनुसार शहरी नीति परिमार्जन तथा शहरी विकास ऐन बनाउनुपर्ने बताएका छन् ।

शहरी विकास मन्त्रालयद्वारा बुटवलमा आयोजित राष्ट्रिय शहरी नीति र विकास ऐन तर्जुमा सम्बन्धी एक दिने कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘नेपाल विविधतायुक्त देश हो । यहाँको भौगोलिक बनावट अनुसारका शहरी नीति ल्याउन सके थुप्रै समस्या हट्न सक्छन् । संघीय सरकारले यस्ता विषयमा नीति बनाउँदा बहुआयामिक कुरालाई मध्यनजरमा राख्दै नीति बनाउनुपर्छ ।’

उनले देशका सुविधासम्पन्न क्षेत्रमा जनसंख्या बढिरहेको भन्दै अनुकुलता अनुसार सरकारले नीति परिमार्जन गर्ने र नयाँ ऐन ल्याउनुपर्ने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *