अर्घाखाँचीमा सत्ता गठबन्धनले चुनावी तालमेल

रुपन्देही । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा अर्घाखाँचीमा सत्ता गठबन्धनमा रहेका दलहरूले चुनावी तालमेल गरेका छन् । आगामी वैशाख ३० मा घोषणा भएको स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका हुन् ।

चुनावी तालमेलको सोमबार अर्घाखाँचीको सन्दिखर्कमा पत्रकार सम्मेलन गरेर घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाको लागि स्थानीय तहको निर्वाचित, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनसम्म सत्ता गठबन्धनमा आबद्ध दलहरूको चुनावी तालमेल गरिएको बताए ।

माओवादी केन्द्रकी छमकुमारी खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरङ्कुशता र तानशाहीको विरुद्धमा चुनावी तालमेल गर्ने सहमति भएको बताए । पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष रामबहादुर चौहान, जसपाका जिन्दक खड्का र राष्ट्रिय जनमोर्चाका शेरबहादुर बिसीले चुनावमा जाँदा सबै दलको समानुपातिक प्रतिनिधित्व हुने गरी चुनावी तालमेल गर्ने निर्णय गरिएको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *