निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउँछ : वरिष्ठ उपाध्यक्ष पाेखरेल

जनकपुर । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत प्राप्त गर्ने दावी गरेका छन् ।

सोमबार जनकपुरधाममा नेपाल कम्युनिष्ट पार्टी (एमाले )को सातौँ धनुषा जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै पोखरेलले यसअघि विभिन्न दल मिलेर बहुमत प्राप्त भएको भन्दै आगामी निर्वाचनमा एमालेले एक्लैले बहुमत प्राप्त गर्ने दावी गरेका हुन् ।

उनले एमालेलाई बहुमत प्राप्त पार्टी बनाउन कसैसँग तालमेलको आवश्यक नरहेको जिकिर गरे । उनले एमाले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकताको खिलाफमा उभिने पार्टी बनेर देखाउने पनि बताए ।

त्यस्तै पोखरेलले एमालेलाई मजबुत पार्टी बनाई देश विकासतर्फ लानुपर्ने अहिलेको आवश्यकता भएको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *