साउदी​का राजकुमार २४ घण्टाका लागि नेपालमा (तस्वीरसहित)

काठमाडाैँ । साउदी अरब अधिराज्यका विदेशमन्त्री तथा राजकुमार फैसल बिन फहरान अल साउद भ्रमणका लागि काठमाडाैँ आइपुगेका छन् ।

उनी २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालकाे औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका हुन् । निजी विमानबाट काठमाडाैँ ओर्लिएका राजकुमारकाे त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र यहाँस्थित साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले स्वागत गरेका छन् ।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । राजकुमारकाे भ्रमणका क्रममा नेपाल र साउदीबीच विभिन्न सम्झाैताहरूमा हस्ताक्षर हुने कार्यक्रम रहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − one =