स्थानीय निर्वाचनकाे कार्ययाेजना बनाउँदै एमाले

काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा एमाले स्थानीय तहको निर्वाचन केन्द्रीय कार्ययोजना निर्माणमा जुटेको छ ।
पार्टी कार्यालय थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालय बैठकमा सम्पूर्ण पार्टीपंक्तिलाई निर्वाचनका केन्द्रित गर्ने गरी बनाउन लागिएको कार्ययोजनामा छलफल भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
बैठकमा मंगलबार तीन बजे बस्ने पार्टी केन्द्रीय सचिवालयको एजेण्डाका बारेमा छलफल भएको उनले बताए । सातै प्रदेशमा निर्वाचन केन्द्रीय प्रशिक्षण र अभिमुखी कार्यक्रमहरू सम्पन्न गरेको र छिटै पार्टीका अरू तहका बैठकहरू आयोजना गरेर सम्पूर्ण पार्टीपंक्तिलाई निर्वाचनका केन्द्रीय गरिने रिजालले बताए । त्यस्तै उनले पोलिटब्यूराे तथा केन्द्रीय कमिटी बैठकको तयारीका बारेमा पनि छलफल भएको जानकारी दिए ।
पछिल्लो राजनीतिक अवस्था तथा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न एमालेले चैत ९ र १० गतेका लागि बैठक बोलाएको छ भने केन्द्रीय कमिटी बैठकअघि मंगलबार सचिवालयको र चैत ७ गते पोलिटब्यूरो बैठक बस्ने तय भएको छ ।








