इन्जिनियर्स एसोसिएसन लुम्बिनीमा कांग्रेसको प्यानल विजयी

रुपन्देही । नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनीको अधिवेशनमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक प्यानल विजयी भएको छ । एशोसियसनको ३३ औँ केन्द्रीय कार्यकारिणी समिति, नेपाल इन्जिनियरिङ परिषद् र दोस्रो प्रादेशिक कार्यकारिणी समितिको निर्वाचन भएको हो ।

लुम्बिनी प्रदेशको कार्यकारिणी समितिमा दुई सदस्य बाहेक सबै पदमा लोकतान्त्रिक प्यानलका उम्मेदवार विजयी भएका छन् । प्रादेशिक समितिको अध्यक्षमा शैलेन्द्रप्रसाद श्रेष्ठ, उपाध्यक्षमा लेखबहादुर बस्नेत, सचिवमा गोविन्द पंगेनी, सहसचिवमा अर्जुन गिरी र कोषाध्यक्षमा सन्दीप रेग्मी सहितको प्यानल विजयी भएको हो ।

बाँकी १० सदस्य पदमा ८ जना लोकतान्त्रिक प्यानलबाट र बाँकी दुई जना एमाले निकटको प्यानलबाट विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *