अवराेध अन्त्य गरी संसद सञ्चालनमा सहयाेग गर्न सभामुखकाे अनुराेध

काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवराेध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न अनुरोध गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख सापकोटाले संसद अवरोधका कारण विधि निर्माण प्रकृया प्रभावित भएकोमा जनता र राष्ट्रका समस्यामा छलफल नपाएको भन्दै सभा सञ्चालनमा सहयोग गर्न अनुरोध गरेका हुन् ।

सभामा विचाराधिन रहेका ४२ विधेयकहरूलाई नियमानुसार पारित गर्ने, आम नागरिकका दैनिक समस्याहरू जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसदप्रति उत्तरदायी बनाउने, कानून निर्माण एवं निगरानी गर्ने कार्यहरू समेत अवरोधका कारण प्रभावित हुन पुगेको उनले बताए ।

उनले विचाराधीन विधेयकहरूलाई नियमानुसार पारित गरी राज्यसञ्चालनमा सहयोग गर्नु सबैको दायित्व भएको बताए ।

आफ्ना माग पूरा नभएको भन्दै एमालेले निरन्तर रूपमा सदन अवरुद्ध गर्दै आएको छ । त्यसअघि बैठकमा नेकपा एमालेका सांसद भीम रावलले दार्चुलाको बंगाबगरमा भारतले एकपक्षीयरूपमा डोजर चलाएको र सरकारको तर्फबाट कुनै किसिमको पहलकदमी नचलाएको बताए । उनले भारतले सीमा मिच्दासमेत सरकार मौन बसेको भन्दै आपत्ति जनाए ।

त्यस्तै नेमकिपाका सांसद प्रेम सुवालले पनि भारतीय पक्षको निन्दा गर्दै तटबन्ध निर्माण तत्काल रोक्न माग गरे । बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले समितिको बार्षिक प्रतिवेदन पेश गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =