प्रधान न्यायाधीशविरुद्धकाे महाभियाेग प्रस्तावमाथि छलफल शुरू

काठमाडाैँ । प्रतिनिधि सभाको बैठकमा प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल शुरू भएकाे छ । आइतबार बसेकाे प्रतिनिधि सभाकाे बैठकमा सत्ता साझेदार दल माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले महाभियोग प्रस्ताव पेश गरेका हुन् । ‘संवैधानिक हैसियत उहाँसँग छैन,’ प्रस्ताव पेश गर्दै गुरुङले भने, ‘संवैधानिक परिषद्काे हैसियतमा काम गर्ने ठाउँ उहाँसँग छैन ।’

गत फागुन १ मा प्रतिनिधि सभाका ९८ सांसदले प्रधान न्यायाधीश चाेलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

प्रमुख प्रतिपक्ष दल एमालेले भने आफ्नाे निरन्तरताकाे नाराबाजीलाई कायमै राखेकाे थियाे । यद्यपि एमाले सांसद भीमबहादुर रावलले भने सभामुखसँग समय मागेर आफ्नाे धारणा राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 12 =