गृह जिल्लामै कालो झण्डा

कालो झण्डा देखाउने अधिकार पनि कांग्रेसले नै प्रदान गरेको हो : गृहमन्त्री खाँण

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणलाई गृह जिल्लामै जनमतका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । रुपन्देहीको धकधईमा आयोजित कार्यकर्ता भेला एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा कालो झण्डा देखाएर विरोध गरे ।

गृहमन्त्री खाँणले सम्बोधन गर्दै उनले त्यो कालो झण्डा देखाउने अधिकार पनि नेपाली कांग्रेसले नै प्रदान गरेको उल्लेख गरे । नेपाली कांग्रेसले विरोध, असहमतिलाई सहजता पूर्वक लिन्छ, लोकतान्त्रिक शासन व्यवस्थामा विरोध गर्न पाइन्छ । खाँणले भने कार्य कार्यक्रममा बोल्दै उनले एमसीसी परियोजनाले राष्ट्रियता बलिया बनाउने बताए छन् । यसले नेपालको विकासमा ठूलो आधारशिला तयार गर्ने टिप्पणी गरे ।

खाँणले समाजमा ठूलो परिवर्तन आइरहेकाले यसलाई छेक्न नहुने बताए । उनले परिवर्तित समाजलाई बरु व्यवस्थित गर्दै लैजानु पर्नेमा जोड दिए । परिवर्तनका नाममा कसैको व्यक्तिगत महत्वकांक्षाले समाजमा द्वन्द्व निम्त्याउने काम भने गर्न नहुने उनले जनाए ।

सरकारको ध्यान वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित भएको गृहमन्त्री खाँणले बताए । उनले भने, ‘समाजमा भारी परिवर्तन भएको छ, समाज धेरै अगाडी बढेको छ, परिवर्तनलाई रोक्न, छेक्न सकिँदैन, यसलाई व्यवस्थित गर्ने हो ।’ उनले व्यक्तिगत महत्वकांक्षाले समाजमा द्वन्द्व निम्त्याउने काम गर्न नहुने बताए ।

कार्यक्रममा नेकपा एमालेका रोहिणी गाउँपालिका कमिटी सचिव भोला क्षेत्री, रोहिणी गाउँपालिका कमिटी अध्यक्ष पवि क्षेत्री, नेकपा एमाले रोहिणी गाउँपालिका वडा नम्बर ३ का सचिव राजकिशोर त्रिपाठी, सहसचिव धर्मदेवी प्रजापति, वडा नम्बर २ का सचिव जाहिर खाँन लगायत ५ सय जना कांग्रेस प्रवेश गरेको क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव बजैनाथ सहानीले जानकारी दिए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाँण, केन्द्रीय सदस्य अब्दुल रज्जाक लगायतले बोलेका थिए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा१५ शय्याका अस्पतालको शिलान्यास
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा एक कार्यक्रमका बिच १५ शय्याका अस्पतालको शिलान्यास गरिएको छ । गृहमन्त्री वालकृष्ण खाँडले एक कार्यक्रमका बिच अस्पतालको शिलान्यास गरेका हुन् ।

अस्पतालको शिलान्यास गर्दै गृहमन्त्री वालकृष्ण खाँणले अस्पताल निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए । हरेक पालिकामा कम्तीमा एउटा १५ शय्याको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार अस्पतालको शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकामा नगरप्रमुख मनमोहन चौधरीले अस्पताल निर्माण सम्पन्न भरसकेपछि उपचार गर्न सहज हुने बताए । अस्पताल सञ्चालनमा आएपछि लुम्बिनीवासीका लागी उपचारमा सहज हुने भएको छ।

अस्पताल शिलान्यासमा लुम्बिनी प्रदेशका पर्यटन तथा ग्रामीण विकास मन्त्री माननीय डिल्ली बहादुर चौधरी, शिक्षा तथा खेलकुद मन्त्री माननीय वसिउद्धिन खान, लुम्बिनी प्रदेश सभा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक माननीय फकरुद्धिन खान, प्रदेश सभा सदस्य माननीय अष्टभुजा पाठक, लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनका संस्थापक उपाध्यक्ष गोविन्द सुबेदी,नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *