बाबुरामलाई मन पर्‍यो प्रकाश सपूत ‘पिर’

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रकाश सपुतको नयाँ गीत ‘पिर’मा आपत्ति मान्नुपर्ने कुरा नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत गीतमा आपत्ति जनाउनुभन्दा पनि क्रान्तिलाई नयाँ ढङ्गले अगाडि बढाउनेतर्फ सोच्नुपर्ने बताएका हुन् ।

आफू पनि जनयुद्धको एक अगुवा हुनुको नाताले उक्त गीतमा आपत्ति मान्नुपर्ने कुरा नभएको उनको भनाई छ । ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु- त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन, गीतले जनयुद्धको विरोध गरेको छैन,’ बाबुरामले भनेका छन् ।

गीतले अपूर्ण क्रान्तिका पीडा दर्साएको पनि उनले उल्लेख गरे । ‘अपूर्ण क्रान्तिका पीडा दर्साएको छ, त्यसनिम्ति क्रान्तिलाई नयाँ ढङ्गले अगाडि बढाउने पो हो,’ उनले भने, ‘गीतका सर्जकलाई किन धम्काउने ?’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 11 =