राष्ट्रिय राजनीति दुई धुव्रमा विभाजित हुनु बिडम्वना : ईश्वर पोखरेल

काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई धुव्रमा विभाजित हुनु बिडम्वना भएको बताएका छन् ।

शनिबार काठमाडौँको विश्वशान्ति चिरन मिलन क्याम्पसको रजत जयन्तीको अवसरमा पोखरेलले राजनीति दुई धुव्रमा विभाजित हुँदा मलुकको समृद्धि र विकासमा बाधा पुगिरहेको बताएका छन् ।

उनले एमाले सदैव मुलुकको विकासको बाटोमा अग्रसर रहेको र अर्को ध्रुवले मुलकको राजनीतिलाई फोहोर बनाइनरहेको बताए । उनले राजनीतिले बाटो बिराएका कारण नै दुर्भाग्य झेल्नुपरेको धारणा राखे ।

पोखरेलले जुनसुकै दलको सरकार बनेपछि राज्यले शिक्षा क्षेत्रलाई सदैव प्राथमिकतामा राख्नुपर्ने बताए ।

प्रतिक्रिया

One thought on “राष्ट्रिय राजनीति दुई धुव्रमा विभाजित हुनु बिडम्वना : ईश्वर पोखरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + ten =