कांग्रेस र एमाले पैसा बाेकेर चुनाव हराउने पक्षमा देखिए : झलनाथ खनाल

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौँमा पार्टीको इलाम–काठमाडौं सम्पर्क मञ्चको भेलालाइ सम्बोधन गर्दै खनालले आगामी चूनावमा कांग्रेस र एमालेले पैसा बोकेर जाने तयारी गरेको भन्दै निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्ने बताएका छन् ।
उनले कांग्रेसका एक समूह र एमालेले आफूलाई निर्वाचनमा एक नम्बरमा हराउने निर्णय नै गरेको समेत बताए । कांग्रेसभित्र प्रधानमन्त्री एकताबद्ध भएर नै जानुपर्ने भन्ने पक्षमा रहेको र अर्को पक्ष भने पैसा बोकेर भएपनि अरूलाई हराउने पक्षमा रहेको उनले बताए ।
खनालले चूनावमा पराजयको डरले आफुहरु नभाग्ने भन्दै पार्टीको नीतिका साथ जनतामाझ जाने उल्लेख गरे । त्यस्तै उनले जनतालाई भ्रममा पारेर नभई व्यावहारिक रूपमा नै सम्भव हुने कुरा लिएर निर्वाचनमा होमिने धारणा राखे ।
खनालले यही गतिमा पार्टी अघि बढे दुई तीन वर्षभित्र आफ्नो पार्टी मुलुकको पहिलो पार्टी हुने दावी गरे ।








