एमसीसीकाे विरोधमा काठमाडाैँमा प्रदर्शन

काठमाडाैँ । एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै विभिन्न साना ६ दल निकट युवासंगठनले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।

शनिबार काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म एमसीसी सम्झौताविरुद्ध उनीहरूले विरोध प्रर्दशन गरेका हुन् ।

प्रदर्शन गर्नेहरूमा युवा संगठन नेपाल, वैज्ञानिक समाजवादी युवा लिग नेपाल, अखिल नेपाल युवक संघ, वाइसिएल समाजवादी लगाएतका रहेका छन् । उनीहरूले मुलुकको हित विपरीतको एमसीसीलाई तत्काल खारेज गर्नुपर्ने माग राखेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =